भारतमा मृतक र संक्रमित बढे, नेपालको सिमामा थप सुरक्षाकर्मी परिचालन

काठमाडौं – छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिव्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि नेपालको सिमामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । नवलपपरासी जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यापारीहरु रातीको समया खेत र आलीको बाटो हँुदै खाद्यान्न सामाग्री सहित नेपाल भित्रिरहेको गुनासो बढेपछि शसस्त्र प्रहरीले प्रत्येक २ सय मिटरको दुरीमा दुई दुई जना प्रहरी खटाइ आवतजावत पुर्ण रुपमा रोक लगाएको छ ।
भारतबाट व्यक्ति तथा आयात हुने खाद्यान्न लगायतका सरसमानबाट क्रोना संक्रमण नेपालमा सर्ने र माहामारीको रुप लिन सक्ने जोखिम हुँदा उक्त जोखिम न्युनिकरणका लागि सशस्त्र तथा नेपाल प्रहरीले सिमामा २४ घण्टै कडा निगरानी गर्न बाक्लो रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । जिल्लामा कुल ४ वटा विओपी रहेपनि सिमामा क्षेत्रमा निगरानी बढाउन समस्या भैरहेकाले विभिन्न नाकाहरुमा करिब १ किलोमिटरको दुरीमा एउटा÷एउटा शसस्त्र प्रहरीको अस्थायी पोष्ट राखी सिमामा २४ घण्टै निगरानी बढाइएको शसस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटरका गणपति भरत खनियाले जानकारी दिए ।
उनका अनुसार जिल्लाको पश्चिमी नाका पडरी देखि पुर्व सुस्तासम्म गरि २८ किलोमिटर दुरीमा ४५ वटा अस्थायी पोष्ट बनाई सिमापारीबाट चोरीलुकी हुने अवागमनमा पुर्ण रुपले रोक लगाएको बताए ।

खुल्ला सिमा क्षेत्रमा बस्ने केहि स्थानिय तस्करहरु रातीको समयमा भारतमा सरसमान खरिद गरि खेत र आलीको बाटो हुदै नेपाल भित्रिने गुनासो बढन थालेपछि उक्त अस्थायी पोष्टहरु बनाई सुरक्षकर्मीहरु खटाइएको कारोबारी तथा स्थानियहरुलाई वारीपारी गर्न पुर्ण रुपले रोक लगाउदै सिमा पुर्ण रुपमा बन्द गरिएको बताए । सिमाक्षेत्रमा नेपाली प्रहरीहरु पनि परिचालन गरिएका छन ।
छिमेकी मुलकु भारतको उत्तर परदेशको सिमावर्ति जिल्ला महराजगंजको जगदौरमा ६ जनामा क्रोना संक्रममण पोजेटिभ देखिएपछि सिमा कडाई गर्नु पर्ने सुझाव आएपछि सो क्षेत्रमा थप सतर्कता अपनाइएको छ । यति बेला प्ररहरी परशासन र स्थानिय जनपरतिनिधिहरुलाई भारतबाट आउने जुनसुकै व्यक्ति र सरसमानमा पुर्ण रुपले रोक लगाई आफुँपनि बचौं र बचाऔ भनि आगरह समेत गरिएको छ । जिल्लामा आज लकडाउनको १४ दिनपनि उच्च प्रभाव परेको छ ।

यो समाचार तयार पार्दासम्म १२ लाख ७८ हजार ५२३ जना संक्रमित भएका छन् भने ६९ हजार ७५७ जनाको मृत्यु भएको छ । यस्तै २ लाख ६६ हजार ७३२ जना निको भएर घर फर्किएका छन् । ४५ हजार ८९७ को अवस्था गम्भिर छ । विश्वभरीमा अत्याधिक प्रभावित देश ईटलीमा अहिलेसम्म १५ हजार ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २८ हजार ९ सय ४८ जनामा संक्रमण देखिएको छ । तयस्तै स्पेनमा १ लाख ३१ हजार ६ ४६ जना नयाँ संक्रमित पाइएका छन् भने १द्द हजार ६ सय ४१ जनाको ज्यान गइसकेको छ । त्यस्तै ३ लाख ३६ हजार ८५१ जना अमेरिकामा संक्रमित भएका छन् भने ९ हजार ६२० जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा संक्रमितको संख्या ९२ हजार ८३९ पुगेको छ भने ८ हजार ७८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्रिटेनमा ४७ हजार ८ सय ६ जनामा संक्रमण पाइएको छ भने ४ हजार ९ ३ ४ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा अहिलेसम्म ८१ हजार ७०८ जनामा संक्रमण देखिँदा ३ हजार ३ सय ३१ जनाको मृतयु भएको छ आजमात्रै चीनमा थप २ जनाको मृत्यु भएको हो । त्यस्तै ईरानमा अहिलेसम्म ३ हजार ६ सय ३ जनाले जयान गुमाएका छन् भने ५८ हजार २ सय २६ जनामा संक्रमण देखिएको छ । त्यस्तै नेदरल्याण्डमा १७ सय ६६ जनाको मृत्यु हुँदा १७ हजार ८ सय ५१ जनामा संक्रमण देखिएको छ । तयस्तै बेल्जियममा २० हजार ८ सय १४ जनामा संक्रमण देखिँदा १ हजार ६३२ जनाले अहिलेसम्म ज्यान गुमाएका छन् । अन्य देशहरुमा कोरोना भाइरसको संक्रमण र मृतकको संख्या कम हुँदै गएको अवस्थामा बेल्जियममा भने आजमात्रै थप एक सय ८५ जनाको मृत्यु भएको छ भने १ हजार १ सय २३ जना नयाँ संक्रमित फेला परेको छन् । त्यस्तै छिमेकी देश भारतमा ४ हजार ३ सय १४ जनामा संक्रमण देखिएको छ भने एक सय १८ जनाको मृत्यु भएको छ । फाईल फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?