जब वडा अध्यक्षको राहत वितरणको तस्वीर बन्यो भाइरल !

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि यतिबेला सरकारले देशभर लकडाउन गरेको छ । जसको कारण खाद्य सामाग्री वितरणको कामले तिव्रता पाउन थालेको छ । स्थानिय जनप्रतिनिधी, विभिन्न संघ सस्था तथा व्यक्तिगत पहलमा समेत राहत वितरण गर्न थालिएको छ । यसैक्रममा अति विपन्न,मजदुरका परिवारलाई फिदिम नगरपालिकाले वडाहरुलाई उपलब्ध गराएको राहात अहिले धमाधम वितरण गरिरहेको छ ।

फिदिम नगरपालिकाको वडा नम्बर २ ले आईतबार ३६ परिवारलाई राहत वितरण गरेको छ ।

वडा अध्यक्ष सुकपाल तुम्बापोले नगरले उपलब्ध गराएको चामाल,तेल,दाल,नुन लगायतका खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री वितरण गरिएको बताएका छन् । उक्त राहत वितरणको तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ वडा अध्यक्षले राहत सामाग्री बढो नाटकिय ढंगले वितरण गरेका छन् ।

तस्वीरमा देख्न सकिन्छ कि, वडा अध्यक्षले आफु तन्किएर राहत सामाग्री दिएको र अर्का एक वृद्धले हात तन्काएर उक्त सामाग्रीहरु लिएको देखिन्छ । साथै अर्को अचम्मको कुरा त के भने जसलाई राहत हस्तान्तरण गरिएको हो ति व्यक्तिले भने मास्क लगाएका छैनन् ।

भने वरिपरि अन्य दुइ महिलाहरु रहेका छन् भने जसले मास्क लगाएका छैनन् । उक्त कुरा हेर्दै हासिँरहेको देखिन्छ । नाटकिय ढंगले राहत वितरण गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना समेत भइरहेको छ । यसैबीच केही मानिसले एक छाक खाना खुवाएर सामाजिक सञ्जालमा प्रचार प्रसार गरेको भन्दै राहत लिन अस्विकार गरेको समेत भिडियो क्किप्सहरु बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?