नुवाकोटकी एक युवतीमा कोरोनाको आशंका

काठमाडौं । आइतवार नुवाकोटकी एक युवतीलाई कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल लगिएको छ  ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्वर ३ राउतवेशी घर भएकी २८ वर्षिय युवतीलाई त्रिशूली अस्पताल ल्याइएको थियो ।

ती युवतीमा विगत चार दिनदेखि निरन्तर खोकी र ज्वरो आउने लक्षण देखिएपछि कोरोना संक्रमणको आशंकामा त्रिशुली अस्पताल पठाइएको दुप्चेश्वर गाउँपालिकाले जनाएको छ । उनी काठमाण्डौबाट यहि चैत्र १० गते घर आईपुगेकी गाउँपलिकाले जानकारी दिएको हो ।

गाउँपलिकाले एक विज्ञप्ती जारी गर्दै त्यस्तो जानकारी दिएको हो । गाउँपालिकको अनुसार ती महिलालाई ज्वरो,रुघाखोकी तथा स्वास प्रस्वासमा समस्या देखिएपछि अस्पताल पठाइएको जनाइएको छ ।

साथै अस्पताल ल्याइएकी युवतीको विगतका केही कुराहरु अनुसन्धान गरेर उपचार प्रक्रिया अगाडी बढाइने त्रिशुली अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?