बाघमा पनि देखियो कोरोना संक्रमण

काठमाडौं । विश्‍भर मानवीय शंकट बनेको कोरोना महामारी संक्रमण बिस्तारै जीवजन्तुमा पनि देखिन थालेको छ। अमेरिकको न्युयोर्कस्थित ब्रोङ्कस चिडियाघरमा राखिएकी चार वर्षीया बाघिनीमा कोरोना संक्रमणको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

लगातार सुख्खा खोकी खोक्न थालेपछि बाघिनीको स्वास्थ्य परीक्षण गर्दा संक्रमण पुष्टि भएको सीएनएनले जनाएको छ।

पशु चिकित्सकहरुले चिडियाखामा रहेका अन्य पाँच बाघ र सिंहहरुको पनि नमुना लिएका छन्। उक्त जनावरहरुमा समेत कोरोना लक्षण देखिएको र श्वास फेर्न सकस भोगिरहेको अमेरिकीको कृषि विभाग (युएसडीए) ले जनाएको छ ।

‘ठूला जनावरहरुमा संक्रमणले कस्तो असर गर्छ भन्‍ने थाहा भएको छ, हामीले संक्रमित जनावरमाथि निरन्तर निगरानी गरेका छौँ। पूर्ण रुपमा निको पार्न प्रयास गरिरहेका छौँ’ चिडियाखानाको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कोरोना भाइरस संक्रमण फैलिएपछि गत मार्च १६ तारिखदेखि ब्रोङ्कस चिडियाघर बन्द छ। यस अगाडि बिरालो र हङ्कङमा कुकुरमा पनि कोरोनाको संक्रमण देखिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?