काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
यस अघि नै उनलाई कोरोना संक्रमण देखिएको थियो । चिकित्सकको सल्लाहअनुसार जोन्सन गएराति अस्पताल भर्ना भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् ।
प्रधानमन्त्री जोन्सनमालाई दस दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । साथै त्यतिबेलैदेखी जोन्सनमा कोरोना संक्रमणका लक्षण लगातार उस्तै देखिइरहेकाले सावधानीका लागि अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
जोन्सनलाई कोरोना संक्रमणको पुष्टि भएसँगै आइसोलेसनमा राखिएको थियो । भने उनले मन्त्रीपरिषदको बैठक त्यहिबाट सम्हाल्दै आएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया