काठमाडौं । कोरोना भाइरसको महामारीबाट अहिले सारा विश्व नै त्रसित छ । यो यस्तो बेला हो कि, सबैले आफ्नो ज्यान बचाउनका लागि नै तछाडमछाड गर्नुपर्ने अवस्था छ । तर संसारमा कोहि यस्ता मानिसहरु पनि छन्, जो मानवताको अलौकिक नमुना दिईरहेका छन् ।
जसको बारेमा तपाईहरुले सुनेपछि तारिफ गर्नबाट पछि हट्नुहुन्न ।
एक ९० वर्षकी वृद्धाको कोरोनाको कारण मृत्यु भयो । रिपोर्टका अनुसार धर्ती छोडेर जाँदै गर्दा महिललाले डाक्टरसँग भनेकी थिइन्, ‘मैले आफ्नो पूरा जीवन बाँचे, अब यो भेन्टिलेटर्स तपाईहरु युवा संक्रमितहरुका लागि राख्नुस्, किनभने उनीहरुको ज्यान बँचोस्, उनीहरुको अझै बाँच्ने दिन बाँकी नै छ ।’
९० वर्षीया सूजान होयलर्टस्लाई श्वास फेर्न असहज भईरहेको थियो । जसकारण उनलाई बेल्जियमको एक अस्पतालमा भर्ना गरिएको थियो । तर भेन्लिेटरमा नबस्ने भएपछि कोरोना भाइरसको संक्रमण भएको २ दिन पछि उनको मृत्यु भयो ।
तपाईलाई जानकारी गराऔँ कि, कोरोना संक्रमितहरुलाई भेन्लिेटरको अत्याधिक आवश्यक पर्दछ ।
युवाहरुको ज्यान बचाउनको लागि उक्त वृद्धाले गरेको फैसलालाई अहिले सारा विश्वले तारिफ गरेको छ । वृ
द्धाले आफ्नो डाक्टरसँग भनिन्, ‘म आर्टिफिसियल रेस्पिरेशनको प्रयोग गर्न चाहान्न, त्यसको प्रयोग युवा कोरोना संक्रमितका लागि प्रयोग गर्नुहोस् ।’
वृद्ध महिलाकी छोरी जुडिथले एक डच पत्रिकासँग भनिन्, ‘मैले उहाँलाई अलविदा भन्न सकिन,मलाई आमाको अन्तिम संस्कारमा जाने मौका पनि मिलेन ।’
बेल्जियममा अहलिेसम्म कोरोना भाइरसका कारण १ हजार ४ सय ४७ जनाको ज्यान गएको छ भने १९ हजार ६९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया