काठमाडौं । कोरोना भाइरसको महामारी अहिले विश्वका २०८ वटा देशहरुमा फैलिइसकेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वभर ६९ हजार ४ सय ५६जनाले ज्यान गुमाएका छन् भने महामारीबाट १२ लाख ७३ हजार ७०९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै २ लाख ६२ हजार ४८६ जना उपचार पछि निको भएका छन् ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको प्रकोप अत्याधिक रहेको छ । अमेरिकामा मात्रै अहिलेसम्म ३ लाख ३६ हजार ८३० जनामा कोरोनाका संक्रमितहरु रहेका छन् ।
साथै अमेरिकामा महामारीको कारण मृत्यु हुनेको संख्या ९ हजार ६१८ जनाको ज्यान गईसकेको छ ।
आज मात्रै अमेरिकामा कोरोना भाइरसको महामारीबाट थप दुई जनाको ज्यान गएको छ भने गप १५७ नयाँ संक्रमित पाइएका छन् ।
अमेरिकामा यो समाचार तयार पार्दासम्म ८ हजार ७०२ को अवस्था गम्भीर रहेको छ ।
अमेरिकामा आईतवार मात्रै १ हजार १६५ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया