कोरोना महामारी : मृतकको संख्या ६९ हजार भन्दा धेरै, बढेको बढ्यै छन् संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलि रहेको छ । सारा विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ६९ हजार ४५६जनाको ज्इान गईसकेको छ भने यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या विश्वभरमा १२ लाख ७३ हजार ७०९ पुगेको छ ।

त्यस्तै कोरोनाको उपचार पछि निको भएकाको संख्या २ लाख ६२ हजार ४८६ हेको छ । कोरोना भाइरसको महामारीबाट विश्वकै अति प्रभावित देशको पहिलो नम्बरमा रहेको इटालीमा अहिले सम्म १५ हजार ८८७ जनाको ज्यान गईसकेको छ भने संक्रमितको संख्या १ लाख २८ हजार ९४८ रहेको छ ।

अहिलेसम्म कोरोना भाइरस विश्वका २०८ देशहरुमा फैलिइसकेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म कोरोनाको महामारीबाट १२ हजार ६४१ जनाको मृत्यु भएको छ भने भाइरसबाट १ लाख ३१ हजार ६४६ जनामा संक्रमित भएका छन् ।

त्यस्तै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । अमेरिकामा अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या ३ लाख ३६हजार ८३० पुगेको छ भने मृतकको संख्या ९ हजार ६१८ पुगेको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म ८ हजार ७८ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने ९२ हजार ८३९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै चीनमा आज कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ भने नयाँ ३९ जना कोरोना संक्रमित पाइएका छन् ।

चीनमा मृतकको संख्या अहिलेसम्म ३ हजार ३ सय ३१ पुगेको छ । त्यस्तै ब्रिटेनमा कोरोना भाइरसका कारण ४ हजार ९ सय ३४ जनाको ज्यान गएको छ भने ४७ हजार ८०६जनामा कोरोनाको संक्रमण पाइएको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म ३ हजार ६०३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ५८ हजार २२६जनामा कोरोनाको संक्रमण रहेको छ ।

त्यस्तै बेल्जिियममा भाइरसका कारण १ हजार ४ सय ४७ जनाको ज्यान गएको छ भने नेदरल्याण्डमा अहिलेसम्म महामारीका कारण १ हजार ७ सय ६६ जनाको ज्यान गईसकेको छ ।

त्यस्तै जर्मनीमा पनि कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख भन्दा माथि रहेको छ । त्यहाँ १ लाख १२३ जनामा कोरोनाको संक्रमण रहेको पाइएको छ ।

त्यस्तै जर्मनीमा महामारीका कारण मृत्यु हुनेको संख्या भने १ हजार ५८४ रहेको छ । विश्वमा यो समाचार तयार पार्दासम्म गम्भीर संक्रमितहरुको संख्या ४५ हजार ५९२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?