एकैदिन अमेरिकामा ४ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा शनिवार ४ जना नेपालीको मृत्यु भएको छ। मृत्यु भएका नेपाली मध्ये १ मा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै घरभित्रै मृत्यु भएका २ जनाको पोष्टमार्टम रिपोर्ट भने आइनसकेको जनाइएको छ ।

साथै शनिवार नै अर्का एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ। मृतक चारजना न्यूयोर्क ज्याक्सन हाइट क्षेत्रमा बसोबास गर्ने नेपाली भएको बताइएको छ। यसरी मृत्यु हुनेमध्ये नेपालमा सोलुखुम्बु घर भएका ४४ वर्षीय निमा टेम्बा शेर्पाको स्थानीय एल्मष्ट अस्पतालमा उपचारका क्रममा शनिवार मृत्यु भएको नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिएका हुन्।

शेर्पा कोरोना भाइरसका कारण थप बिरामी परेर उपचारका लागि सातादिन अघि अस्पताल भर्ना भएका थिए। न्यूयोर्कको ज्याशन हाइट क्षेत्रमा बस्ने शेर्पाका एक श्रीमती, एक छोरा र एक छोरी छन्। केहीदिन अघि न्यूयोर्कमै एक गैरआवासीय नेपाली अनिल लिम्बुको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।

साथै न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा बस्दै आएका अन्य दुईजना नेपाली घरभित्रै मृत अवस्थामा भेटिएका थिए । नेपालमा मुस्ताङ जिल्ला घर भएका अन्दाजी ४० वर्षीय दुई नेपाली घरभित्रै मृत भेटिएको नुप्रि एसोसिएसनका पूर्वअध्यक्ष लामाले जानकारी दिए।

त्यस्तै मृत्यु हुने सोनाम लामा र क्विन्स सन्नी साइड बस्ने थोक्मे बिष्ट न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्दै आएका छन् । केही दिनदेखी बिरामी रहेका उनी करिव ४० वर्षका सोनामको कोठाभित्रै मृत्यु भएको जनाइएको छ।

लामो समय फोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृत अवस्थामा थिए। उनको मृत्यु कोरोना संक्रमणका कारणले हुन सक्ने बताइएको छ। यद्यपी उनको पोष्टमार्टम रिर्पोट भने नआइसकेको जानइएको छ ।

त्यस्तै उनको परिवार भने नेपालमा नै रहको छन् । भने उनी १८ बर्षदेखि अमेरिकामा थिए । उनको शव केही दिन अघिनै प्रहरीले लगेर गएको रउनका आफन्त अमेरिकामा नभएकाले अन्य जानकारी भने प्राप्त भएको छैन्।

यसैगरी करिव १२ वर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि उनी बस्ने अपार्टमेन्टमै मृत्यु भएको जनाइएको छ। सुरुमा टाउको दुख्ने र स्वासप्रस्वासमा समस्या आएपछि स्थानिय अस्पतालमा उपचारका लागि लगिएको र केहीदिन घरमै आराम गर्न भनिएको थियो।

थोक्मेका एक श्रीमती र दुई छोरा काठमाठौमा बस्दै आएका छन्। स्थानीय समाजसेवी राजकुमार विष्टले समाजिक सञ्जालमा लेखेका छन्, ‘थोक्मेलाई पहिलेदेखि नै मुटुरोगको समस्या थियो।’ मृतक दुबैजना नेपाली नागरिक भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?