काठमाडौं – गत डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको भनिएको कोरोना भाइरसको महामारीले विश्व आतंकीत छ ।
यो समाचार तयार पार्दासम्मको अपडेटअनुसार ६८ हजार १ सय ५०० जनाको मृत्यु भएको छ भने १२ लाख ५२ हजार ९८२ जनामा संक्रमण देखिएको छ । त्यस्तै २ लाख ५७ हजार १३९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर ४५ हजार ३ सय ८० जनाको अवस्था गम्भिर रहेको छ ।
अत्याधिक प्रभावित देश ईटलीमा अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ भने १ लाख २८ हजार ९४८ जनासंक्रमित भएका छन् । आजमात्रै ईटलीमा ५ सय २५ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै अर्को प्रभावित देश स्पेनमा अहिलेसम्म १२ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् भने एक लाख ३० हजार ७ ५९ जनामा संक्रमण देखिएको छ ।
आजमात्रै स्पेनमा ४ सय ७१ जनाले जयान गुमाएका हुन् । त्यस्तै अमेरिकामा आजमात्रै ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने जम्मा मृतक संख्या ९ हजार ३ सय २५ पुगेको छ । त्यहाँ ३ लाख २७ हजार ८ सय ४८ जना संक्रमित भएका छन् ।
फ्रान्समा ७ हजार ५ सय ६० जनाको मृतयु भएको छ भने ८९ हजार ९ सय ५३ जनामा कोरोनोको संक्रमण देखिएको छ । उता यूकेमा ४ हजार ९ सय ३४ जनाको ज्यान गएको छ भने ४७ हजार ८ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ । आजमात्रै यूकेमा ६ सय २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यता चीनमा ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६ सय ६९ जनामा संक्रमण देखिएको छ । त्यस्तै ईरानमा ३ हजार ६ सय ३ जनाको मृत्यु भएको छ भने ५८ हजार २ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । ईरानमा आज मात्रै २ हजार ४ सय ८३ जना नयाँ केस देखिएको छ भने आज मात्रै १ सय ५१ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा कोरोनाका कारण यो समाचार तयार पार्दासम्म आईतबार राति ११ २५ सम्ममा ९९ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सय ८८ जना संक्रमित छन् ।
नेपालमा यो समाचार तयार पार्दासम्म ९ जनामा संक्रमण देखिएको छ । एक जना निको भएका छन् । नेपालमा लकडाउन गरिएको आज १३ औँ दिन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया