काठमाडौं – कोरोना भाइरस ‘कोभिड १९’ ले विश्व आक्रान्त पारेको छ । यसविरुद्धको भाइरस पत्ता नलागेका कारण पनि यो महामारीका कारण मानिसहरु निकै डराएका छन् । विश्वका हरेकजस्तो देशले लकडाउन गरिरहेको छ। तिनले आ आफ्नै कानून र कडाई गरेका छन् ।
यसैबीच नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि फिलिपिन्स सरकारले जारी गरेको लकडाउनको नियम उल्लंघन गर्नेमाथि प्रहरीले गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फिलिपिन्समा राष्ट्रपति रोड्रिगो डुट्रेटले यसअघि लकडाउनको नियम उल्लंघन गर्नेमाथि गोली प्रहार गर्न प्रहरीलाई निर्देशन दिएसँगै कोरोना भाइरस चेकपोइन्टमा स्थानीय स्वास्थ्य अधिकारी र प्रहरीलाई धारिलो हतियार देखाएर धम्की दिएर सडकमा हिँड्ने ६३ वर्षीय एक वृद्धलाई प्रहरीले गोली प्रहार गरि हत्या गरेको छ ।
फिलिपिन्समा राष्ट्रपतिको निर्देशनपछि लकडाउन उल्लंघन गर्नेमाथि गोली हानी हत्या गरिएको यो पहिलो घटना हो ।
उक्त वृद्ध व्यक्तिले मदिरा सेवन गरेर स्थानीय ग्रामिण अधिकारी र प्रहरीलाई धम्की दिएको हुनसक्ने बताइएको छ । प्रहरीलाई उदृद गर्दै अलजजिराले लेखेको छ, फिलिपिन्सको दक्षिणी प्रान्त नासिपिटको अगुसन डेल नोर्टेमा उनलाई गोली हानीएको थियो । प्रहरीले भनेको छ, स्थानीय स्वास्थ्य अधिकारीहरुले मास्क प्रयोग सम्झाउँदा पनि नमानेर उल्टै प्रहरीलाई नै धम्की दिएपछि गोली हानिएको हो ।
ती वृद्ध रिसाएर धारिलो हतियार देखाउँदै ज्यान लिने धम्की दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया