आज राती ९ बजे पूरा भारतमा ९ मिनेट सबै बत्ती बन्द हुने

काठमाडौं । कोरोनाको महामारी अहिले सारा विश्वमा मडारीरहेको छ ।

भारत सरकारले पनि कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै २१ दिनका लागि पूरा देश लक डाउन गरेको कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म ९९ जनाको ज्यान गएको छ भने ३ हजार ५८८ जनामा कोरोना भाइरसको संक्रमण देखापरेको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईतवार राती ९ बजे ९ मिनेटसम्मका लागि सबै लाइट बन्द गर्न अपील गरेका छन् ।

उनले राष्ट्रलाई गरेको सम्बोधनका क्रममा भने, ‘५ अप्रिल आईतवार राती ९ बेजे मलाई तपाईहरुको ९ मिनेटको आवश्यक छ, तपाईहरुले आफ्नो घरको सबै लाइट बन्द गर्नुहोला र आफ्नो घरको ढोका तथा बार्दलीमा मैनबत्ती बाल्नुहोला र दियो तथा फ्ल्याश लाईट बालेर ९ मिनेटसम्म उभिइदिनु होला ।’

प्रधानमन्त्री मोदीको उक्त अपीलललाई कसैले तारिफ गरिरहेका छन् भने कसैले उनको अपीललाई मजाक उडाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?