दुई हप्तासम्म घरमै बसिदिनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको हालसम्म ६५ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । भने १२ लाख भन्दा बढी मानिसहरु संक्रमित रहेका छन् । त्यस्तै नेपालमा हालसम्म ९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने १ जना निको भएर घर फर्किएका छन् । नेपालका ९ कोरोना संक्रमित मध्ये ८ जना विभिन्न देशबाट आएका पुष्टि समेत भइसकेको छ । भने १ जना भने कोरोना संक्रमितको आफन्त रहेकी छिन् ।

विदेशबाट आएका मानिसहरुबाट कोरोना संक्रमण बढेका कारण थप व्यवस्थापनमा समस्या देखिएको छ । गएको तीन हप्तादेखि विदेशबाट आएको व्यक्तिको सम्पर्कमा आएको कोरोना संक्रमण भएको व्यक्तिसँग सम्पर्क भएमा स्वास्थ्य मन्त्रालयले दुइ हप्तासम्म घरमै बस्नको लागि अनुरोध गरेको छ । साथै रुघाखोकी, ज्वरो तथा स्वास फेर्न गारो भएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नको लागि समेत आग्रह गरेको छ ।

मन्त्रालयले नागरिकहरुलाई सुसुचित गर्दै प्रत्येक व्यक्तिले गरेको सहयोगबाट मात्र समुदायमा कोरोना नियन्त्रण गर्न मदत पुग्ने भन्दै एक सुचना मार्फत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?