काठमाडौं । कोरोना भाइरससँग लडिरहेको पाकिस्तानलाई चीनले धोका दिएको छ । पाकिस्तानको छिमेकी देश चीनले हालैमात्र मास्क तथा चिकित्सकीय उपकरणहरु पाकिस्तान पठाएको थियो ।
जसमा उच्च स्तरका एन-९५ मास्क पठाइएको थियो । चीनबाट उक्त मास्क सहितका स्वास्थ्य सामाग्रीहरु आए पनि तर अस्पताल पुर्याएका ति मास्क डाक्टरहरुले खोलेर हेर्दा सबै हैरान भए ।
उक्त चीनले पठाएका मास्कहरु अन्डरवेयरको कपडाबाट बनेको पाईएपछि सबै चकित बनेका थिए ।
उक्त खबर सार्वजनिक भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान सरकारको पाकिस्तानमा जताततै विरोध शुरु भएको छ ।
पाकिस्तानको एक स्थानीय मिडिया रिपोर्टमा चीनले आफ्नै छिमेकी देश पाकिस्तानलाई धोका दिएको खबर प्रकाशित गरेको छ । र उक्त रिपोर्टका अनुसार उच्च गुणस्तरको एन-९५ मास्को ठाउँमा अन्डरगारमेन्टको कपडाबाट बनेका मास्क पठाएको दाबी गरेको छ ।
कोरोना भाइरसबाट सबै भन्दा पहिला ग्रस्त बनेको चीनको वुहान शहरलाई कोरोनाको उद्गमस्थल मान्ने गरिन्छ ।
कोरोनाका संक्रमितहरु कम हुँदै गएको चीनले अहिले अन्य पीडित देशहरुलाई राहत प्रदान गर्दै आएको छ ।
पाकिस्तानसँग कोरोनाबाट लड्नको लागि साथ दिएको चीनले अण्डरवेयर बनाउने कपडाको मास्क बनाएर पठाएपछि पाकिस्तानी नागरिकहरु रुष्ट भएका छन् । तर अहिलेसम्म पनि पाकिस्तानी सरकारले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।
चीनले एन-९५ मास्कको ठाउँमा अन्डरगारमेन्टबाट बनेका मास्क पठाएपछि चीनले आफ्नै छिमेकी देशलाई धोका दिएको आरोप पाकिस्तानी जनताले लगाएका छन् ।
पाकिस्तानमा अहिलेसम्म कोरोना भाइरसका कारण ४५ जनाको ज्यान गएको छ भने, २ हजार ८८० जनामा भाइरसको संक्रमण फेला परेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया