बहराइनमा एकैपटक ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । बहराइनसहित युएई र कुबेत मुलुकमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१ पुगेको कान्तिपुर दैनिकमा खबर छ । नेपाली कामदारको प्रमुख गन्तव्य रहेको कतार र साउदी अरबले भने कोरोना भाइरसको पोजेटिभ देखिएका बिरामीको राष्ट्रियता सार्वजनिक गरेका छैनन् ।
जसअनुसार युएईमा ८ जनासंक्रमित भएका छन् भने थप २ जना संक्रमित भएर पनि घर फर्किसकेका छन् । यस्तै कुवेतमा २ जना संक्रमित भएका छन् । भारतमा पनि तीन जना संक्रमित भएको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया