अपडेट : अमेरिकामा कोरोनाको त्रास बढ्दो, इटाली र स्पेनमा उस्तै छ महामारी

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ का कारण यो समाचार तयार पार्दासम्म ६४ हजार ७ सय १० जनाको मृत्यु भएको छ भने २ लाख ४६ हजार ४ सय ९ जना उपचारपछि ठिक भएका छन् ।

यसैगरी यो समाचार तयार पार्दा विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख नाघिसकेको छ । जसमा ८ लाख ९० हजारभन्दा बढी अहिलेपनि कोरोनाको उपचार गराइरहेका अर्थात् एक्टिभ केसहरु छन् । विश्वभर ४२ हजार भन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ ।

यसैबीच शनिवारसम्मको डाटा अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ भने एक जना उपचारपछि घर गइसकेका छन् ।

कोरोनाले सबैभन्दा बढी प्रभाव युरोपियन देश ईटलीमा १५ हजार ३ सय ६२ को मृत्यु भएको छ भने एक लाख २४ हजार ६ सय ३२ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमा झण्डै २१ हजार मानिस उपचारपछि घर गइसकेका छन् भने ३ हजार ९ सय ९४ जनाको अवस्था गम्भिर छ ।

त्यस्तै अत्याधिक प्रभवित देशको दोस्रो नम्बरमा रहेको स्पेनमा ६ हजार ५ सय ३२ को अवस्था गम्भीर रहेको छ भने १ लाख २६ हजार १ सय ३६ जना संक्रमित छन् ।

स्पेनमा ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ भने ३४ हजारभन्दा बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् । ।

त्यस्तै शक्तिशाली देश अमेरिकामा कोरोना संक्रमित संख्या ३ लाख ११ हजार नाघेको छ ।

अमेरिकामा अहिलेसम्म ८ हजार ४ सय ५० जनाको ज्यान गएको छ भने ३ लाख ११ हजार जनाभन्दा बढीको कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?