काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीलाई लिएर अहिले विश्वका शक्तिशाली राष्ट्रहरुले चीनलाई निशाना बनाउन थालेका छन् । अमेरिकाका राष्ट्रपतिपछि अब बेलायत र अष्ट्रेलियाका प्रधानमन्त्रीहरुले चीनविरुद्ध उत्रिएका छन् ।
कोरोनाभाईरसको उद्गमस्थल मानिएको चीनको ‘वेट मार्केट’ पुनः सुचारु भएपछि अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले गम्भिर आपत्ति जनाएका हुन् । मोरिसनले चीनमाथि कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग माग गरेका छन् ।
वेट मार्केटमा समुन्द्री तथा जंगली जीवहरुको मासु बेचविखान गर्ने गरिन्छ । उक्त मार्केटबाटै बेचिएको चमेरोबाट मानिसमा कोरोनाभाइरस सरेको बताईन्छ ।
भाईरससम्बन्धि अन्तर्राष्ट्रिय विज्ञहरुले कुकुर, विरालो, चमेरो र अन्य जंगली जनावरहरुको मासु नखान तथा खरीदबिक्री नगर्न दिएको सुझावलाई नजरअन्दाज गर्दै यसरी चीनले सो मार्केट पुनः खालेपछि अष्टे«लियन प्रधानमन्त्री क्रोधित बनेका हुन् ।
एक स्थानीय रेडियोमा अन्तरर्वाता दिँदै उनले उक्त मार्केट रहे विश्वभरीको मानव समूदायको जीवन खतरामा रहने भन्दै उनले संयुक्त राष्ट्रसंघले चीनलाई कारवाही गर्नुपर्ने बताएका हुन् ।
त्यस्तै, कोरोनाभाइरविरुद्ध लड्ने चीनको तरिकालाई लिएर बेलायत पनि क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन नै कोरोना संक्रमित बनेपछि चीनविरुद्ध बेलायत क्रुद्ध बनेको हो ।
एक बेलायती अधिकारीले भनेका छन् क, कोभिड–१९ को संकट समाप्त भएपछि बेइजिंगसँग “हिसाब” लिइने छ ।
बेलायतका सरकारी अधिकारीहरूले चीनले उसको सीमाभित्र फैलिएको कोरोनाभाइरसको प्रकोपको गम्भीरताबारे तथ्यहरु लुकाएको भन्दै असन्तुष्टि जनाएको एक स्थानीय अखबार मेलले उल्लेख गरेको छ ।
उक्त अखबारका अनुसार वैज्ञानिकहरूले जोनसनलाई बताएका छन् कि, कोरोनाभाइरसबाट संक्रमितको संख्यालाई चीनले १५ गुणासम्म घटाएको हुन सक्छ ।
चीनले हालसम्म ८१ हजार संक्रमित भएको मात्र स्वीकार गरेको छ ।
बेलायतका मन्त्री माइकल गोभले बीबीसीसँग चीनले सार्वजनिक गरेको तथ्यांकमा शंका गर्ने धेरै ठाउँ भएको बताएका छन् ।
उनले चीनमा कोरोनाभाइरसको पहिलो संक्रमित डिसेम्बरमै देखिएको थियो तर यसको मापन, प्रकृति र संक्रमणको गहिराईबारे चीनले स्पष्ट रुपले केही पनि नबताएको आरोप लगाएका छन् ।
चिनियाँ सरकारले कोरोनाभाइरसबाट मात्र ३ हजार २ सय ४ जनाको मृत्युको खुलासा गरेको छ । तर रेडियो फ्रि एशियाका अनुसार वुहानमा अनुमानित ४२ हजार शवहरुको अन्त्येष्टि गरिएको छ ।
बेलायती अधिकारीहरूले यो भाइरससँग लड्न प्रयास गरिरहेका अन्य देशहरूलाई सहयोग प्रदान गर्दै चीनले आफ्नो आर्थिक शक्ति पनि विस्तार गर्ने कोशिस गरिरहेको आरोप लगाएको छ ।
उक्त अखबारले बेलायतका तीन अधिकारीहरूलाई उद्धृत गर्दै बेलायत सरकार चीनसँग क्रुद्ध बनेको उल्लेख गरेको छ ।
उनीहरुले कोरोनोको प्रभाव सकिएपछि चीनसँगको आफ्नो कुटनीतिक सम्बन्धको बारेमा पुनःबिचार गर्ने र हिसावकिताब लिने पनि बताएका छन् ।
उक्त अखबारले बेलायत सरकारले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई बेलायतमा ५ जी वायरलेस नेटवर्कको विकास गर्न दिने निर्णयलाई समेत उल्ट्याउन सक्ने उल्लेख गरेको छ ।
चिनियाँ टेलिकम कम्पनी हुवावेलाई बेलायतमा ५ जी वायरलेस नेटवर्कको विकास गर्न दिने बेलायतको यो निर्णयमा अमेरिकी राष्ट्रपनि ट्रम्प पनि असन्तुष्ट बन्दै आएका थिए । सो निर्णयप्रति कन्जरभेटिभ पार्टीका सांसदहरू पनि रुष्ट बनेका थिए ।
एक बेलायती मन्त्रीले भने भनेका छन९ ‘ हामी हुवावे जस्तै कम्पनीहरु हाम्रो अर्थव्यवस्थामा अनुमति दिइरहेका छौं, यसबारे हामीले पुनर्विचार गर्नुपर्दछ ।’
बेलायती प्रधानमन्त्रीले युकेका प्रत्येक घरलाई पत्र लेख्दै कोरोना भाइरसको जोखिम रोक्न सामाजिक दूरीका नियमहरू पालना गर्न आग्रह गरेका छन् । पत्रमा उनले आफूमा कोभिड– १९ पोसिटिभ रहेको जानकारी दिँदै चाँडै सुधार आउने बताएका छन् ।
बेलायती नागरिकहरु हाल लकडाउनमा बस्नुपरिहेको छ भने कडा समाजिक नियमहरुको पालन गर्दै आएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया