कोरोना संक्रमितको नाटक गर्दै महिला डाक्टरहरुसँग अश्लिल हर्कत गरेपछि…

काठमाडौं । कोरोना भाइरसकको संक्रमण अहिले सम्म विश्वका २०५ वटा देशहरुमा फैलिईसकेको छ । यस भाइरसबाट अहिलेसम्म विश्वमा ६१ हजार ६सय ४९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ११ लाख ५३ हजार १७ पुगेको छ ।

कोरोनाको महामारीसँग लड्नको लागिसारा विश्वका डाक्टरहरु दिनरात उपचारमा खटिरहेका छन् । उनीहरुको कामलाई संसारले अहिले तारिफ गरिरहेको छ । तर कोरोनाबाट संक्रमित केहि मानसिक रोगीहरुले उपचारको बहानामा डाक्टरहरुलाई यौन उत्पीडनको शिकार बनाईरहेका छन् ।

पाकिस्तानमा एप्स अनलाईनको माध्यमबाट कोरोना भाइरसबाट संक्रमितहरुको सहयोगको लागि डाक्टरहरुलाई जिम्मा दिइएको छ । त्यसमा महिला डाक्टरहरु नै सामेल रहेका छन् । तर केहि मानिसहरुले भने उक्त प्लेटफर्ममा महिला डाक्टरहरुको साथमा अश्लिलताको सीमा पार गरिरहेका छन् ।

केहि महिला डाक्टर, नर्सहरुले सोसल मिडियामा अश्लिलताको हद पार गरेका व्यक्तिहरुको हर्कत उजागर गरेका छन् ।
महिला डाक्टरले स्क्रिनसट शेयर गर्दै आफूमाथि अश्लिलता देखाएका व्यक्तिहरुमाथि सवाल उठाएका छन् ।

कोरोनाको यो महामारीमा डाक्टर आफ्नो ज्यानको बाजी राखेर स्वास्थ्य सुरक्षामा खटिएको बेला केहि नीच सोच र घृणित विचारका मानिसहरुले भने संक्रमित भएको नाटक गरेर अश्लिलता देखाईरहेका छन् ।

उनीहरुका अनुसार संक्रमित बनेर उनीहरु पहिला म्यासेज गर्ने र फेरी निजी जानकारी माग्ने गरेको पीडित डाक्टरहरुले बताएका छन् ।

संक्रमणको नाटक गरेका ति मानिसहरु यति सम्म अश्लिलता देखाउँदछन् कि, उनीहरु अश्लिल तस्वीर, पोर्न साइटका लिंक पठाउने गरेको डाक्टरहरुले आफ्नो सोसल मिडिया प्लेटफर्मममा बताएका छन् ।

यस मुश्किल घडीमा पनि महिला डाक्टरहरुमाथि यस्तो प्रकारको अश्लिलता भएको र उनीहरु तनाव माथिको तनावमा रहनुपरेको भन्दै उनीहरुले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका छन् ।

साथै यस्तो अश्लिल हर्कत गर्न थालेपछि महिला डाक्टरहरु काममै जान छोडेको अन्र्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?