लायन्स क्लबद्वारा दुई तले भवन क्वारेन्टाइनका लागि प्रदान

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जटिल समस्या उत्पन्न भैरहेको परिस्थितिमा लायन्स क्लब ईन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ ले आफ्नो सकृयतामा किर्तिपुर नगरपालिकामा स्थापना गरिएको त्रि. वि. लायन्स रक्त सञ्चार एवम् अनुसंधान केन्द्रको दुई तले भवन क्वारेन्टाइन निर्माणका लागि नेपाल सरकारलाई प्रदान गरेको छ।

नेपाल लायन्सका अग्रज लिडरहरु र लायन्स रक्तसञ्चार केन्द्रका संरक्षक तथा त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. हिराबहादुर महर्जनको उपस्थितिमा किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलाई भवनको साँचो हस्तान्तरण गरिएको हो।

विश्वमै मानवीय सेवा र सामाजिक सेवामा अब्बल मानिएको लायन्स क्लबले संकटका बेला अग्रपंक्तिमा रहेर आफ्नो सेवाका कार्यहरु संचालन गर्दै आइरहेको छ। विश्वमै फैलिरहेको महामारीलाई कम गर्नको लागि जनचेतना जगाउने तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री वितरणमा समेत लायन्स क्लबको सक्रियता देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?