काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख ३८ हजार १ सय ५६ पुगेको छ ।
प्राप्त जानकारी अनुसार विश्वभर अहिलेसम्म कोरोना भाइरस ‘कोभिड १९’ को कारण ६१ हजार १३६ जनाले ज्यान गुमाएका हुन् । भाइरसबाट यो समाचार तयार पार्दासम्म ६१ हजार १३६ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । २ लाख ३६ हजार ९७ मानिस निको भएका छन् ।
चीनको वुहानबाट ३ महिनाअघि उत्पति भएको यो भाइरसले विश्वलाई निकै ठूलो नोक्सान पुर्याएको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमण २०५ देशमा फैलिसकेको छ भने भाइरसबाट सबैभन्दा धेरै मृत्यु इटालीमा १४ हजार ६ सय ८१ जनाको भएको छ ।
यस्तै अमेरिकामा ७ हजार ४०६, स्पेनमा ११ हजार ७४४, फ्रान्समा ६ हजार ५०७ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार ३२६ जनाको मृत्यु भएको छ । इरानमा ३ हजार ४५२, ब्रिटेनमा ४ हजार ३१३, जर्मनीमा १२ सय ९३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ९ जना संक्रमित भएकोमा एक जना स्वास्थ्य लाभ गरी घरमा नै बसिरहेका छन् । बाँकी ८ जनको आईसोलेसनमा राखि उपचार हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया