संयुक्त राष्ट्र महासभाले गर्यो यस्तो निर्णय

काठमाडौं । कोरोना भाइरसको प्रभावका बीच संसारभरका केहि वैश्विक इभेन्ट तथा बैठकहरु रद्ध भएका छन् ।

यसैबीच अप्रिल र मेमा हुनेवाला संयुक्त राष्ट्र महासभाको बैठक रद्ध भएको छ ।

तर सेप्टेम्बरमा हुने भनिएको उच्च स्तरिय वार्षिक UNGA सत्रको बैठक भने अझैसम्म सारिएको छैन ।

संयुक्त राष्ट्र महासभा (PAG) को ७४ औँ सत्रका अध्यक्ष, नाइजेरियाका तिजानी मुहम्मद-बन्देले अप्रिल र मेका लागि निर्धारित भएका UNGA बैठकहरु स्थगित गर्ने निर्णय गरेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?