अमेरिकालाई लगाए जर्मनीका मन्त्रीले संघीन आरोप

काठमाडौं । जर्मनी लैजान ठिक पारिएका दुई लाखवटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि आधुनिक डकैती को आरोप लगाइएको छ।

बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका उक्त मास्क व्याङ्ककमा जफत गरिएको बताएको छ।

बर्लिनको प्रहरीका निम्ति मगाइएका ति FFP-२ मास्क गन्तव्यमा पुग्न सकेनन् ।

अहिले कोरोनाभाइरसको महामारीबाट अमेरिका र युरोपेली देश स्पेन, इटाली अतिप्रभावित बनेका छन्।

बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले उक्त मास्क अमेरिकातर्फ लगिएको ठानिएको बताएका छन्।

मास्क निर्माता अमेरिकी कम्पनी थ्री एमलाई कोरियाली युद्धताका निर्मित कानूनको उपयोग गर्दै राष्ट्रपति ट्रम्पले आफ्ना उत्पादन अन्य देशमा निर्यात गर्नबाट प्रतिबन्ध लगाइदिएका थिए।

शुक्रवार ट्रम्पले डिफेन्स प्रोडक्शन एक्ट नामक कानूनको प्रयोग गरेर मेडिकल सामग्रीको आपूर्ति घरेलु माग धान्नकै निम्ति अमेरिकी कम्पनीहरूलाई बाध्य गराइएको बताएका थिए।

ट्रम्पले झन्डै दुई लाख एन-९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताएका छन्।

तर उक्त मास्क कहाँ जफत गरिएका हुन् भन्ने बारेमा भने उनले खुलाएका छैनन् ।

जर्मन मन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु आधुनिक डकैती सरह भएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?