हालसम्म ९ जना नेपालीमा कोरोना संक्रमण – ६९ जना आइसोलेसनमा, कति जनामा टेष्ट भयो ?

काठमाडौं – आज भेटिएका ३ जना संक्रमितसहित नेपालमा हालसम्म ९ जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । १ हजार ४ सय ४१ जनामा कोरोना संक्रमण भए नभएको थाहा पाउन टेष्ट गरिएको छ । जसमध्ये ९ वटा रिपोर्ट पोजेटिभ आएको हो । आजमात्रै ३ जना संक्रमित थपिएका छन् ।कुल ९ जनामध्ये एकजना उपचारपछि निको भएर घर फर्किएका छन् ।

६ जनाको चिकित्सकको विशेष निगरानीम उपचार भइरहेको छ । काठमाडौंमा १५ जना काठमाडौंबाहिर ५४ जना गरी जम्मा ६९ जना आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मलेनमा विदेशबाट आएका व्यक्तीबाट एकजना नेपालमा नै रहेका नेपालीमा कोरोना सरेको भन्दै विदेशबाट आएपछि कति संयमित हुनुपर्ने रहेछ भन्ने कुरा यस खबरबाट पनि बुझ्न र सोचविचार गर्न प्रवक्ताले अनुरोध समेत गरेका छन् ।
भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, कैलालीको ३४ वर्षीय महिला मा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कैलालीको ३४ वर्षीय महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको बताईएको छ ।
अरुको सेति अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

के कैलालीका कोरोना संक्रमित युवा लकडाउन पछि भारत आएका थिए ? 
कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट स्वदेश फर्किएको बताईएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत १० गतेबाट देशभर लकडाउन गरेपछि ती युवक गौरीफन्टा नाका भएर घर फर्किएको यदि हो भने उनीबीच रहेका र उनको सम्पर्कमा रहेका हजारौँ मानिसहरु जसले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै गौरीफन्टा नाकामा नाराबाजीमा उत्रिएको थियो ।

यदि उनी त्यहि भीडमा भएको भए अरुलाई पनि क्वारेन्टाईन राख्नुपर्ने विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?