मन्त्रीपरिषदको निर्णयः तीन जिल्लामा र्‍यापिड टेष्ट गरिने

काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णय सुनाउँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिएका हुन् ।

हालसम्म नेपालमा ९ जना कोरोना संक्रमितहरु रहेका छन् ।

आजै मात्र कैलाली र कञ्चनपुरका गरि ३ जनामा कोरोना संक्रमण देखिएको थियो । भने बागलुङ्गको २ जनामा कोरोना संक्रमण देखिएको यस अघि नै पुष्टि भइसकेको छ ।  संक्रमित रहेको जिल्लामा जोखिम थप जटिल नहोस भन्नका लागि सरकारले त्यहाँ र्‍यापिड टेष्ट गर्ने निर्णय गरिएको जनाइएको छ ।

त्यस्तै सरकारको निर्णय सुनाउँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा खतिवडाले लकडाउनको बारेमा अन्य कुनैपनि निर्णय नभएको जनाएका बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?