मन्त्रिपरिषद् बैठक सुरु, महत्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए ।

स्रोतकाअनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउनेबारेमा समेत छलफल हुने छ ।

त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे मिडियामा कुरा आएपछि त्यसबारेमा समेत प्रधानमन्त्रीले आजको बैठकमा समिक्षा गर्न सक्ने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?