कोरोना अपडेट : ६० हजार नाघ्यो मृतकको संख्या, थपिँदै छन् संक्रमित

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख ३० हजार ५ सय ७५ पुगेको छ ।

प्राप्त जानकारी अनुसार विश्वभर अहिलेसम्म कोरोना भाइरस ‘कोभिड १९’ को कारण ६० हजार १२४ जनाले ज्यान गुमाएका हुन् । भाइरसबाट यो समाचार तयार पार्दासम्म ६० हजार १२४ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । २ लाख ३४ हजार ७९मानिस निको भएका छन् ।

चीनको वुहानबाट ३ महिनाअघि उत्पति भएको यो भाइरसले विश्वलाई निकै ठूलो नोक्सानी पुर्याएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमण २०५ देशमा फैलिसकेको छ भने भाइरसबाट सबैभन्दा धेरै मृत्यु इटालीमा १४ हजार ६ सय ८१ जनाको भएको छ ।

यस्तै अमेरिकामा ७ हजार ४०३, स्पेनमा ११ हजार ७४४, फ्रान्समा ६ हजार ५०७ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार ३२६ जनाको मृत्यु भएको छ । इरानमा ३ हजार ४५२, ब्रिटेनमा ३हजार ६०५, जर्मनीमा १२ सय ७५ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९ जना संक्रमित भएकोमा एक जना स्वास्थ्य लाभ गरी घरमा नै बसिरहेका छन् । बाँकी ८ जनको आईसोलेसनमा राखि उपचार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?