काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ४६ पुगेको छ । प्राप्त जानकारी अनुसार विश्वभर कोरोना भाइरस ‘कोभिड १९’ को कारण जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेको संख्या ५९ हजार २०१ छ । भाइरसबाट यो समाचार तयार पार्दासम्म ५९ हजार २०१ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । २ लाख २९ हजार १५१ मानिस निको भएका छन् ।
चीनको वुहानबाट ३ महिनाअघि उत्पति भएको यो भाइरसले विश्वलाई निकै ठूलो नोक्सानी पुर्याएको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमण २०५ देशमा फैलिसकेको छ भने भाइरसबाट सबैभन्दा धेरै मृत्यु इटालीमा १४ हजार ६ सय ८१ जनाको भएको छ ।
यस्तै अमेरिकामा ७ हजार ७ हजार ४०२, स्पेनमा ११ हजार १९८, फ्रान्समा ६ हजार ५०७ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार ३२६ जनाको मृत्यु भएको छ । जर्मनीमा १२ सय ७५ जनाको मृत्यु हुँदा युकेमा ३ हजार ६०५ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ जना संक्रमित भएकोमा एक जना स्वास्थ्य लाभ गरी घरमा नै बसिरहेका छन् । बाँकी ५ को आईसोलेसनमा राखि उपचार हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया