अब कहिले हुन्छ एसईई परीक्षा ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै माध्यामिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ । त्यसनिम्ति परीक्षार्थीलाई तनाव नलिइ परीक्षाको तयारी गर्न मन्त्रालयले भनेको छ ।
मन्त्रालयले कोभिड १९ को सन्त्रासका कारण चैत ६ गतेबाट हुने गरी निर्धारित परीक्षा स्थगित गरेको थियो । सरकारले घोषणा गरेको लकडाउन चैत २५ गते सकिँदैछ । त्यसपछि एसईईको परीक्षा तालिका सार्वजनिक गरिने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?