काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारदेखि खुद्रा र किसान बजार बन्द गर्ने निर्णय गरेको छ ।
खुद्रामा ग्राहकको भीड बढेपछि लकडाउन समयसम्म खुद्रँ बिक्री बन्द गर्न लागिएको हो ।
यसअघि समितिले चैत १६ देखि थोक तथा होलसेल बिक्रीका लागि बिहानको २ देखि ७ बजे र खुद्रा बिक्रीका लागि साँझ ५ देखि ७ बजेसम्म समय तोकेको थियो । समय तोक्दा भीड बढेपछि खुद्रा बिक्री बन्द गर्ने निर्णय भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया