कोरोनाको कारण चर्चित अभिनेत्रीको निधन

काडमाडौं – ‘द – योगी वियर शो’ मा आवाज दिएकी अभिनेत्री जुलि बेनेटको कोरोनाको कारण मृत्यु भएको छ । हैन्ना बारबरा कार्टुन सिरीज ‘द – योगी वियर शो’ मा सिन्डी वियरको आवाजबाट जुली सारा विश्वमा नै चिनिएकी थिईन् । उनको कोरोनाको कारण आज ८८ वर्षको उमेरमा निधन भएको हो । अन्तर्राष्टिय मिडिया रिपोर्टको अनुसार बेनेटको शब एन्जेलिस मा सेडार्स सिनाई मेडिकल सेन्टरमा ३१ मार्चमा उनको निधन भएको हो । हाल नै बेनेटले ‘डार्फिल्ड एण्ड फ्रेन्ड्स’ र ‘स्पाईडरम्यान द एनिमेटेड सिरीज’ मा आफ्नो आवाज दिएकी थिईन् ।

अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको भनिएको कोरोना भाइरसका कारण विश्व भयभित छ । कोरोनाको कारण यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार २३७ जनामा संक्रमण देखिएको छ भने ५६हजार ५ सय ७० जनाको मृत्यु भएको छ ।

विश्वभर फैलिएको कोभिड १९ बाट संक्रमित भएर उपचारपछि २ लाख २२ हजार २ सय ४० जना निको भएका छन् त्यस्तै विश्वभर अहिलेसम्म सक्रिय केस ७ लाख ६३ हजार २ सय एघार जना रहेको छ । त्यस्तै गम्भिर संक्रमितको संख्या ३८ हजार ४ सय १५ रहेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?