काठमाडौं । सारा विश्व अहिले कोरोना भाइरसको महामारीका कारण त्रस्त छ । कोरोनाको महामारीबाट अध्याधिक प्रताडित देशहरुको सूचीमा भने विश्वका सुपर पावर देशहरुनै रहेका छन् ।
महामारीको प्रकोपबाट अहिलेसम्म सारा विश्वमा ५४ हजार २ सय ३१ जनाको मृत्यु भएको छ भने १० लाख ३० हजार ६ सय ५४ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।
हैरान पार्ने कुरा त के छ भने, कोरोना भाइरसको कारण ज्यान गुमाएका मानिसहरु धेरैजसो संसारकै विकसित देशहरुमै रहेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्नको लागि बिभिन्न देशहरुले फरक फरक किसिमबाट भाइरससँग लडिरहेका छन् ।
संसारमा केहि यस्ता देशहरु पनि छन्, जसले कोरोना संक्रमणको लडाईविरुद्ध गम्भीर रुपमा विचार गरेर संक्रमण फैलिनबाट रोक्न सफल भएका छन् । आज हामी तिनै पाँच देशको बारेमा तपाईलाई जानकारी दिनेछौँ ।
१. चीन
कोरोना भाइरस संक्रमणको शुरुवात चीनको वुहान शहरबाट भएको थियो । चीनसँग सार्सजस्तो अर्काे महामारीसँग लडेको तीतो अनुभव पनि थियो ।
जुन अनुभव नयाँ कोरोना भाइरसमा काम लागेको छ । चीनले कोरोना भाइरसलाई फैलिने समय नदिकन कोरोना संक्रमित मानिसहरुलाई पहिचान गरेर उनीहरुलाई आइसोलेसनमा राखेर उपचार गर्यो र संक्रमण घटाउँदै गयो ।
चीनले मार्चको अन्तिम सम्ममा तीन लाख २० हजार भन्दा धेरैको टेस्ट गरेको थियो । कोरोना भाइरसको टेस्टको प्रक्रिया सबैभन्दा पहिला चीनमा नै विकसित भएको थियो । र यसको विस्तृत जानकारी वुहानमा लकडाउन भएको भन्दा ठीक अगाडि २४ जनावरीमा विश्व स्वास्थ्य संगठनको वेबसाइटमा पोस्ट गरिएको थियो ।
हङकङको एक टिमले सार्सको औषधी बनाएका थिए । उनीहरुको अनुभवकै कारण चीनले संक्रमण फैलिनबाट रोक्न सक्यो । चीन संसारमै सबैभन्दा धेरै केमिकलको उत्पादन गर्ने देश समेत हो ।
औषधिहरुको लागि कच्चा पदार्थ पनि सबैभन्दा धेरै चीनमै उत्पादन हुन्छ । त्यसैले चीनले भाइरसको परिक्षणका लागि तीव्र गतिमा किटको निर्माण सम्पन्न गरेको थियो ।

२. जर्मनी
जर्मनीले पनि यो कुरामा गम्भीरता पूर्वक लिएको थियो कि, कोरोना भाइरस वैश्विक समस्या बन्न गईरहेको छ ।
यस्तो अवस्थामा जर्मनीले पनि कोरोनासँग लड्नको लागि तयारी त्यो बेला देखि शुरु गरिसकेको थियो जुन बेला, अधिकांश देशहरु चीनमा भाइरसका कारण मृत्यु भएका मानिसहरु गनेर बसेका थिए ।
जनावरीको शुरुवातमै बर्लिनका वैज्ञानिक ओलफर्ट ल्याण्ड्टले आफ्नो शोधमा कोरोना भाइरस सार्ससँगै मिल्दोजुल्दो देखिने बताएका थिए ।
साथै उनले भनेका थिए कि, त्यसको लागि टेस्टिङ किटको आवश्यकता पर्दछ । जब जर्मनीसँग कोरोना भाइरसका केहि लषणहरु देखिएका थिएन् तब ओलफर्ट र उनको टिमले सार्सको आधारमा किटको निर्माण गरेका थिए ।
विश्व स्वास्थ्य संगठनको वेबसाइटमा त्यसको प्रक्रिया १७ जनावरीमै प्रकाशित गरिएको थियो । जर्मनीले चीनको भन्दा अगाडि नै किटको विकास गरेको थियो ।
ब्रिटिश सरकारले पनि उक्त किटको मान्यता दिएको थियो । फेब्रुअरीको अन्तिसम्म आलफर्ट र उनको टिमले ४० लाख किट निर्माण गरेका थिए ।
त्यसपछि जर्मनीमा धेरै संख्यामा किटबाट कोरोनाको परिक्षण गर्न थालेको थियो । किट निर्माण पछि प्रत्येक दिन जर्मनीले १२ हजार मानिसहरुको टेस्ट गर्न शुरु गरेकोे थियो ।

३. दक्षिण कोरिया
दक्षिण कोरियाले पनि यस मामिलामा धेरै आक्रामक नियम अपनाएको थियो । त्यहाँ पनि धेरै संख्यामा टेस्ट पहिल्यैदेखि शुरु गरिएको थियो ।
यहाँसम्मकी कार पार्किङ र महलमा पनि टेस्ट गर्न बाँकि छोडिएको थिएन । त्यसबेला ब्रिटेनले यसलाई धेरै गम्भीरता पूर्वक लिएको थिएन । तर दक्षिण कोरियाले भने कोरोनाविरुद्धको युद्ध लड्न शुरु गरिसकेको थियो ।
परिक्षणमा कोरोना पोजेटिभ पाइएकाहरुलाई द. कोरियाले फरक ठाउँमा राखेर उपचार गर्न थालेको थियो ।
द. कोरियाले चीनमा संक्रमण देखिँदा नै हरेक दिन १५ हजार संक्रमित टेस्ट परिक्षण गर्न सक्ने टेस्ट क्षमता विकसित गरेको थियो ।
द. कोरियाले लाखौँ टेस्ट बिना कुनै शुल्कमै गरेको थियो । केहि ठाउँहरुमा टेस्टिङ बुथ बनाएर राखेको थियो । टेस्ट गर्ने वाला किट लेकर पार्क, कार पार्किङ र महलमा पनि घुमिरहेका हुन्थे ।
यसै सक्रियताका कारण द. कोरियाले कोरोनाको महामारीलाई कन्ट्रोल गरेको थियो ।

४. आइसल्याण्ड
आइसल्याण्ड क्षेत्रफलको आधारमा सानो र तुलनात्मक रुपमा धनी देश हो । कोरोना भाइरसको टेस्टिङमा आइसल्याण्डले कुनै गल्ती हुन दिएन ।
संसारभरमा कोरोना भाइरसको परिक्षण जति राम्रोसँग आइसल्याडले गर्याे त्यति राम्रो परिक्षण अहिलेसम्म पनि कुनै देशले गर्न सकेको छैन ।
आइसल्याण्डले केहि लक्षण नभएका व्यक्तिहरुको पनि कोरोना भाइरसको परिक्षण गरेको थियो । आइसल्याण्डका महामारी विशेषज्ञ थोरोल्फर गुआनसनले बज फीडसँग भनेका थिए, आइसल्याण्को आबादीका कारण त्यहाँ टेस्ट किट धेरै बनाउन आवश्यक छ ।
आइल्याण्डले संक्रमण फैलिन नपाउँदै पर्याप्त किट विकसित गरेको थियो । साथै आइसल्याण्डमा टेस्ट समयमा नै गरेको कारणले संक्रमण रोक्न सफ लबनेको थियो ।

इटाली
भाइरसका कारण इटाली अहिले मर्माहत छ । त्यहाँका प्रधानमन्त्री धुरुधुरु रोएर हार खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको यो सन्दर्भमा यो देशबाट के सिक्न सकिन्छ र, भन्ने तपाईलाई लाग्न सक्छ । तर होइन, चीनमा भाइरसको संक्रमणले ग्रस्त भईरहेको अवस्था देखि नै इटालीले टेस्ट परिक्षण गर्न थालेको थियो र संक्रमण रोक्ने हरसम्भव प्रयासमा लागिपरेको थियो ।
जर्मनी पछि इटालीले कोरोना भाइरसको टेस्टिङ सबैभन्दा धेरै भएको थियो । त्यहाँ दुई लाख भन्दा धेरै मानिसहरुको टेस्ट गरिएको थियो । तर त्यसको बावजुद पनि इटालीमा संसारभरमै सबैभन्दा धेरै मानिसहरुको मृत्यु भएको छ ।
जर्मनीको तुलनामा इटालीमा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्या अत्याधिक रहेको छ । मार्चको अन्तिमसम्ममा इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार थियो ।
तर नजिकैको जर्मनीमा १ हजार मात्र थियो । तर इटालीमा धेरै मर्नुको कारण भने धेरैले आ-आफ्नो तर्क दिएका छन् ।
कसैले जापान पछि इटालीमा नै धेरै वृद्धवृद्धा भएको कारणले गर्दा त्यहाँ कोरोना भाइरसको कारण धेरैको मृत्यु भएको तर्क दिने गर्दछन् ।

साथै कसैले भने इटालीमा इनफ्लूएन्जा भाइरसबाट पीडित धेरै भएको कारणले कोरोनाको असर पर्दा मृत्यु भएको तर्क दिने गर्दछन् ।
इटालीको संस्कृतिले पनि कोरोना भाइरसको महामारी फैलिने गरेको तर्क अगाडि सारेका छन् भने, कतिपयले इटालीमा धेरुे मानिसहरु सामुहिकरुपमा धेरै बस्ने र घुलमिल हुने गरेको र भेट्दा एक अर्कालाई चुम्बन गर्ने गरेकै कारण यसरी भाइरसको शिकार भईरहेको तर्क तेर्साउने गरेका छन् ।

जापानमा वृद्धवृद्धाको संख्या संसारकै सबैभन्दा धेरै रहेको छ । तर जापानका मानिसहरु एकान्तप्रेमी हुने गर्दछन् । त्यसैले संक्रमण त्यति धेरै फैलिएको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया