काठमाडौं । पाकिस्तानमा १५ वर्षीया हिन्दू किशोरीलाई अपहरण गरेर उनीमाथि दुष्कर्म गरिएको छ । हालै मात्र भएको उक्त घटनामा १५ वर्षीया एक पाकिस्तानकी हिन्दू किशोरीमाथि यस्तो अभद्र व्यवहार भएको हो ।
त्यति मात्रै होइन पीडित किशोरीलाई जबरजस्ती उनीमाथि धर्म परिवर्तन गराएर इस्लाम धर्म कबुल गराईएको छ । मुनीर अहमद नामका एक पुरुषले यसरी अभद्र व्यवहार गर्दै किशोरीको ईच्छा विपरित धर्म परिवर्तन गराएर विवाह गरेका छन्।
किशोरीलाई उनकै गाउँका मुनिर अहमदले अपहरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । १३ मार्चमा उनलाई अपहरण गरेर मुनीरले फैसलावाद लगेका थिए । र त्यहाँ लगेर उक्त किशोरीलाई उनको ईच्५ा विपरित नै ईस्लाम धर्मको वाचा खुवाएका थिए ।
किशोरीका पिताको पहिले नै मृत्यु भईसकेको र उनकी आमाले नै किशोरी सहित ६ बच्चाहरुलाई मजदूरी गरेर पाल्दै आएकी छन् ।
छोरी अपहरण भएपछि चिन्तित आमाले छोरी खोज्नको लागि गाउँका मुखियालाई आग्रह गरेकी थिइन् ।
मुखियाको सहयोगमा उनले पुलिसकोमा रिपोर्ट दर्ता गराएकी थिइन् । त्यसपछि मुनिरले किशोरीको अपहरण गरेको पत्ता लागेको थियो । र पुलिससँग उसले ४ लाख रुपैयाँ मागेको थियो ।
दुखी आमाले हिन्दू समुदायसँग ऋण खोजेर मुनिरलाई ४ लाख दिएकी थिइन् । उसले ४ लाख रुपैयाँ राख्यो तर किशोरीलाई फिर्ता गरेन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया