कोरोना पछिल्लो अपडेट : मृतकको संख्या ५३ हजार नाघ्यो, संक्रमितको संख्या अत्याधिक

काठमाडौं । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ५३ हजार १ सय ९० जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै, १० लाख १५ हजार ४ सय ६६ जनालाई संक्रमण भएको छ । २ लाख १२ हजार २ सय २९ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म २०४ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण अमेरिकामा ६ हजार ७५ जनाको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजार ६६ मा संक्रमण देखिएको छ ।

इटालीमा अहिलेसम्म १३ हजार ९१५ जनाको मृत्यु भएको छ भने १ लाख १५ हजार २ सय ४२ जनामा संक्रमण देखा परेको छ ।

त्यस्तै स्पेनमा १ लाख १२ हजार ६५ जनामा संक्रमण देखा परेको छ भने, मृतकको संख्या १० हजार ३४८ पुगेको छ ।

चीनमा भने ३ हजार ३१८, फ्रान्समा ५ हजार ३८७,ईरानमा ३ हजार १ सय ६०, ब्रिटेनमा २ हजार ९ सय २१, बेल्जियममा १ हजार ११, नेदरल्याण्डमा १ हजार ३ सय ३९ र जर्मनीमा १ हजार १ सय ७ जनाको मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?