सहकारी दिवसको खर्च कोराना नियन्त्रण कोषमा

बागलुङ । बागलुङ जिल्लामा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवस मनाउनका लागि छुट्ट्याएको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ ।

सहकारी दिवसका अवसरमा सहकारीले विभिन्न कार्यक्रम गर्नका लागि विनियोजन गरेको एक लाख रुपैयाँ कोभिड–१९ का कारण स्थगन भएपछि उक्त रकम कोषमा सहयोग गरिएको आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ ।

संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको एक लाख रुपैयाँ मध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा ५० हजार रुपैयाँका दरले बिहीवार सहयोग गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?