कोरोना संक्रमित व्यक्तिले गर्न खोजे अस्पतालमै आत्महत्या

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व नै त्रसित बनेको छ ।

अहिलेसम्म महामारीका कारण विश्वभरमा ५० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ भने ९ लाख ८६ हजार ३ सय २० जनामा संक्रमण देखा परेको छ ।

भारतको दिल्लीमा बुधवारसम्म कोरोनाको संक्रमण १५२ जनामा देखिएको थियो । दिल्ली सरकारका अनुसार ति मध्ये ५३ पोजेटिभ केस निजामुद्दीनका रहेका छन् ।

यसैबीच दिल्लीको राजिव गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना भएका मरकज निजामुद्दीनका एक संक्रमितले बिहीवार आत्महत्या गर्ने प्रयाश गरेका छन् ।

आत्महत्याको प्रयास गर्ने क्रममा उनलाई अस्पतालका अधिकारीले बचाएका हुन् ।

मरकज निजामुद्दिनको मामिलाहरु साम्ने आएपछि त्यसमा सहभागी बनेका मानिसहरुको ट्रेस गरिरहेको भारतीय सञ्चारमाध्यम वेबदुनियाँले बताएको छ ।

दिल्लीको राजिव गान्धी सुपर स्पेशलिस्ट अस्पतालका अनुसार मरकज निजामुद्दीनका मानिसहरुलाई छैटौँ तलामा भर्ना गरिएको थियो ।

आत्महत्याको प्रयाश गर्न खाजेका उक्त व्यक्तिलाई अस्पतालका अधिकारीहरुले बचाएका थिए । त्यस घटना पछि अस्पतालमा सुरक्षा कडा गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?