काठमाडौं । प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिकामा एक अनलाइनमा प्रकाशित समाचार हटाइएको बारेमा दोषीमाथी कारबाही गर्न सम्पादकहरुले माग गरेका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै २१ जना सम्पादकहरूले काठमाडौं प्रेस डटकमको समाचार हटाइएको विषयमा छानबिन गर्न माग गरेका हुन् ।
काठमाडौंप्रेसले ‘चीनबाट झिकाएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
तर उक्त समाचार हटाइएको बारे ध्यानाकर्णण जनाउँदै सम्पादकहरुले ध्यानाकर्षण गर्दै विज्ञप्ती निकालेका थिए ।
सम्पादकहरूले केही अनलाइन समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिस संविधानको मर्मविपरीत भएको निष्कर्ष पनि निकालेका छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघले पनि आजै विज्ञप्तिमार्फत यो विषयमा छानबिन हुनुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया