कोरोना भाइरस पछिल्लो अपडेट : आधा लाख मानिसको मृत्यु, ह्वात्तै बढे संक्रमित

काठमाडौं । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ५० हजार ३ सय जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै, ९ लाख ८३ हजार ५ सय ५४ जनालाई संक्रमण भएको छ । २ लाख ६ हजार २ सय ९० जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म २०३ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण अमेरिकामा ५ हजार ३ सय ६६ जनाको मृत्यु भइसकेको छ भने २ लाख २८ हजार ४०८ मा संक्रमण देखिएको छ ।

इटालीमा अहिलेसम्म १३ हजार ९१५ जनाको मृत्यु भएको छ भने १ लाख १५ हजार २ सय ४२ जनामा संक्रमण देखा परेको छ ।

त्यस्तै स्पेनमा १ ला १९ हजार २३८ जनामा संक्रमण देखा परेको छ भने, मृतकको संख्या १० हजार ३ पुगेको छ ।

चीनमा भने ३ हजार ३१८, फ्रान्समा ४ हजार ३२,ईरानमा ३ हजार १ सय ६०, ब्रिटेनमा २ हजार ९ सय २१, बेल्जियममा १ हजार ११, नेदरल्याण्डमा १ हजार ३ सय ३९ र जर्मनीमा ९ सय ९७ जनाको मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?