यी ६ कोरोना संक्रमित नेपाली, को कहाँबाट आएका थिए ?

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ६ पुगेको छ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को छैटौं संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।

आज भेटिएका पोजेटिभ भएका व्यक्ति आर ६५२ फ्लाईटबाट चैत्र ४ गते नेपाल आएका थिए । यसअघि सोहि फ्लाईटमा आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । हाल उनीहरुको आईसोलेसनमा राखेर उपचार भइरहेको छ ।

कोरोना भाइरसका पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनी स्वस्थ भइसकेका छन् ।नेपालगञ्ज स्थायी घर भएका पहिलो संक्रमित अहिले स्वस्थ भई सामान्य जीवनयापनमा फर्किइसकेका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन् । उनको परीक्षणमा कोरोना भाइरसको सक्रमण भेटिएको थियो । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको गत बुधबार पुष्टि भएको हो । उनी ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

पाँचौं कोरोना संक्रमित बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताएका थिए

 ६ जना कोरोना संक्रमित नेपाली, को कहाँ बाट आएका थिए ?

पहिलो संक्रमित : चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।

दोस्रो संक्रमित : फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको थियो ।

तेस्रो संक्रमित : युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको थियो ।

चौंथो संक्रमित : युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको थियो ।

पाचौं संक्रमित : बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको थियो ।

छैठौं संक्रमित : कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?