चीनमाथि अमेरिकी राष्ट्रपतिको शंका

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्यालाई लिएर अमेरिकाले चीनको आँकडा माथि सन्देह गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक रिपोर्टलाई आधार बनाउँदै कोरोना भाइरसको प्रकोपबाट चीनमा मृत्यु भएको आँकडामाथि सन्देह गरेका हुन् ।

साथै राष्ट्रपति ट्रम्पले बेइजिंगलाई ‘कभर अप’ गरेको आरोप लगाएका छन् ।

यो भन्दा अगाडि पनि केहि अमेरिकी सांसदहरुले यस्तै प्रकारका अरोपहरु लगाएका थिए ।

राष्ट्रपति ट्रम्पले भने, ‘चीनसँग हाम्रो सम्बन्ध राम्रो छ, र हामी चिनियाँ राष्ट्रपति शि जिनपिङको नजिक पनि छौँ ।’

चीनमा आधिकारिक रुपमा कोरोनाको महामारीबाट मर्नेको संख्या अहिलेसम्म ३ हजार ३ सय १८ बताईएको छ ।

तर चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट कोरोना भाइरस फैलिन शुरु भएको थियो । र अब भने कोरोनाले इटाली, स्पेन, अमेरिका सहित विश्वका २०३ देशमै आफ्नो प्रकोप फैलाईसकेको छ ।

अमेरिकामा अहिलेसम्म ५ हजार १ सय १३ जनाको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?