गाउँघरमा लकडाउन खुकुलो : गाउँघरकै श्रमीकबाट कृषिकार्य गर्नू !

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितीको बैठकले बाहिरी श्रमिक नल्याई गाउँघरको श्रमदानबाट कृषि कर्म गर्न दिने निर्णय गरेको छ ।

अर्थमन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले अहिले हिउँदे धान लगाउने , आलु भित्राउने, खेतबारीका कामकाज बाहिरको श्रमिक नल्याई गाउँघरकै पर्म साटेर काम सम्पन्न गर्न दिने निर्णय भएको बताएका हुन् । आवागमनलाई रोकेर उद्योग भित्रै बसेर गर्न सकिने काम गर्न दिने निर्णय भएको उनले जानकारी दिए ।

नेपालमा लकडाउन लागू गरिएको आज दशौँ दिन हो । यो नीति २५ गते चैत्र सम्मको लागि लागू गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?