११ सय ४५ नेपालीमा कोरोना जाँच : थप एक जनामा पोजेटिभ (पूर्ण विवरणसहित)

काठमाडौं – चीनको वुहानबाट गत डिसेम्बर अन्तिम साता सुरु भएको भनिएको कोरोना भाइरस कोभिड १९ का कारण सिंगो विश्व आक्रान्त छ । यस भाइरसबाट जोगिन नेपाल सरकारले देशमा लकडाउन गरेको छ । आज लकडाउनको १० औँ दिन हो । हालसम्म १ हजार १ सय पैतालिस जना नेपालीमा कोरोना जाँच भएको छ । जसमध्ये आज थप एकजनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरस कोभिड १९ को विषयमा जानकारी दिन नियमित रुपमा हुने पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज कोरोना पोजेटिभ देखिएकी युवति चैत्र ४ गतेको विमानमा आएकी हुन् । उनी कतार एयरवेजको क्‍वूआर ६५२ को विमानबाट नेपाल आएकी गण्डकी प्रदेशकी महिला भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । सोहि विमानबाट आएका २ जना संक्रमित देखिएर उपचाररत छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीमा १ सय ५ जना नेपाली आईसोलेसनमा छन् । बाँकीको जाँच भइरहेको छ ।पहिलो पटक चीनबाट नेपाल आएका पुरुषमा माघ ९ गते कोरोना पुष्टि भएको थियो। त्यसको दुई महिनापछि फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीमा कोरोना पुष्टि भएको थियो। दुईजनामा कोरोना पुष्टि भएपछि सरकारले चैत ११ गते लकडाउनको घोषणा गरेको थियो।

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यसअघि पाँचौ कोरोना संक्रमित गत शनिबार देखिएको थियो भने पहिलो कोरोना संक्रमित माघ ९ गते पुष्टि गरिएको थियो ।

४३ वटा प्रयोगशालामा विभिन्न स्वाव जाँच भइरहेको छ । धरानमा १२ वटा नमूना जाँच भइरहेको छ । जाँच गरिने नमूना संकलन र तिनको जाँच संख्या बढ्दैछ । त्यस्तै विभिन्न अस्पतालमा नमूना लिने काम बढेको छ । नेपाल आर्मि अस्पतालमा १७ जनाभन्दा बढीको स्वाब लिईएको छ । यसको दायरा दिनानुदिन दायरा बढेको छ ।

काठमाडौंस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशाला बाहेक धरानको विपी स्वास्थ्य कोईराला प्रतिष्ठान र पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वावको परिक्षण भइरहेको छ । वुटबल, सुर्खेत, धनगढी हेटौँडामा जडान भई परिक्षण हुने क्रममा छ । जनकपुरमा मेशिन जडान कार्य सुरु भएको छ। १६ वटा काठमाडौंमा र उनाननब्बे वटा बाहिर जाँच गर्ने स्थानहरु छन् । पिपिई र अरु उपचार सामाग्री सबै प्रदेशमा गएको छ । पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने, ”पिपिईको केहि मागहरु आएको छ । प्रदेशबाट सम्पर्क गरेर वितरण प्रणाली सहज गर्नुहोला । आवश्यक भएमा ईमेल गरे पठाई समन्वय गर्नुहोला।”

सरकारले हालसम्म उपलब्ध गराएको दुईवटा नम्बर १११५ र ११३३ मा २४ घण्टामा २७ सय ५९ वटा कलहरु रिसिभ भएर जवाफ दिइएको छ । जसमध्ये अधिकांश प्रश्न र जिज्ञाशा कोरोनाको लक्षण र बच्ने उपायबारे, क्वारेन्टाईन, अस्पताल, पिपिई खरिद, सीमामा अलपत्र विषय रहेको देवकोटाले बताए । उनले मन्त्रालयले निर्माण गरेको एप्स र वेवसाईट ४१९८ जनाले कोरोनाको नमूना जाँचका लागि फर्म भरेको पनि बताए । आफूमा कोरोना संभावित भए नभएको बोर जान्न उनिहरुले ति फर्म भरेका हुन् ।

यो समाचार तयार पार्दासम्म विश्वभर ४९ हजार १ सय ६५ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार ६ सय ९२ जनामा संक्रमण देखिएको छ । ईटली सबैभन्दा प्रताडित छ । हालसम्म ईटलीमा १३ हजार १ सय ५५ जनाको मृत्यु भएको छ भने एक लाख १० हजार ५ सय ७४ जनामा संक्रमण देखिएको छ । त्यस्तै अत्याधिक प्रभावित देशको दोस्रो नम्बरमा रहेको स्पेनमा १० हजार ३ जनाले ज्यान गुमाएका छन् भने १ लाख १० हजार २ सय ३८ जनामा संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा आजमात्रै ६ सय १६ जनाले ज्यान गुमाएका छन् र ६ हजार एक सय २० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै अमेरिकामा ५ हजार एक सय १३ जनाले ज्यान गुमाएका छन् भने २ लाख १५ हजार ३ सय ६२ जनामा भाइरसको संक्रमण देखिएको छ । भाइरसको उद्गमस्थल चीनमा हालसम्म ३ हजार ३ सय १८ जनाको मृत्यु भएको छ भने आजमात्रै ३५ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ८१ हजार ५ सय ८९ जना संक्रमित छन् । आजमात्रै ६ जनाले ज्यान गुमाएका छन् । भारतमा ५८ जनाको मृत्यु भएको छ । संक्रमित संख्या २ हजार ३२ जना पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?