‘डब्ल्युएचओ’का प्रमुखले गरे भारतीय प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख प्रमुख टेड्रोस अदनोम घेब्रेयसले विहीवार कोरोना भाइरस महामारीसँग लड्नको लागि देशैभर गरिएको लकडाउनकाबीच पनि गरिब जनताहरुको सहयोग गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रसंसा गरेका छन् ।

डब्ल्युएचओका प्रमुखले ट्वीटरमा एक ट्वीट गर्दै लकडाउन जस्तो कदममा पनि समाजका गरिब र आर्थिक अवस्था कमजोर भएका वर्गहरुको लागि गम्भीर ध्यानाकर्षण गर्दै उनीहरुलाई सहयोग गरेकोमा भारतीय प्रधानमन्त्रीले राहत प्याकेजको घोषणा गरेको भन्दै प्रशंसा गरेका हुन् ।

घेब्रेयसले एक ट्वीट मार्फत प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै भने, ‘आर्थिक अवस्था कमजोर भएका वर्गहरुको लागि लकडाउनले गम्भीर परिणाम ल्याउन सक्दछ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले देशमा स्टेहोमको लागि अभियान चलाउनु भएको छ, कोविड १९ लाई फैलिनबाट रोक्नको लागि सबैलाई घरमा रहनका लागि भन्नुभएको छ, यस्तो कदम आर्थिक अवस्था कमजोर भएकाहरुको लागि अनपेक्षित परिणाम बन्न सक्दछ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?