कोरोना पछिल्लो अपडेट : स्पेनको अवस्था भयावह, मृतकको संख्या १० हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसका कारण स्पेनको अवस्था अत्याधिक नाजुक भएको छ । हरेक दिन मृतकको संख्यामा अत्याधिक वृद्धि भएसँगै स्पेनमा कोरोना भाइरसको हाहाकार मच्चिएको हो ।

अहिलेसम्म स्पेनमा १० हजार ३ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख १० हजार २ सय ३८ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

कोरोनाका कारण स्पेनमा अत्याधिक मानिसहरुको मृत्यु भएसँगै स्पेनको अवस्था नाजुक बनेको हो । स्पेनमा आजमात्रै ६सय १६जनाको मृत्यु भएको छ ।

साथै ६ हजार १ सय २० जना नयाँ संक्रमित देखा परेका छन् । त्यस्तै २६ हजार ७ सय ४३ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?