कस्मिरमा आतंकवादी आक्रमण : दुई जनाको मृत्यु

काठमाडौं । भारतको जम्मु कस्मिरमा आतंकवादी आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । कुलगामको निदिमार्ग क्षेत्रमा बुधबार राति भएको आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।

मृत्यु हुनेमा सिराज अहमद गोर्से र घुलाम हसन वागे रहेको प्रहरीले जनाएको छ । भारतीय मिडियाका अनुसार आक्रमणका विषयमा थप अनुसन्धान भइरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?