काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट डेढ महिनाको शिशुको मृत्यु भएको छ । गत हप्ता अस्पताल भर्ना गरिएका कोरोना संक्रमित शिशुको बुधबार मृत्यु भएको हो ।
कनेक्टिकटका गभर्नर नेड लमेन्टले बुधबार ट्वीटरमार्फत् शिशुको मृत्यु भएको जानकारी दिएका थिए । अमेरिकाको हार्डफोर्ड क्षेत्रका उनको उपचार भइरहेको थियो । मंगलबार परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
उक्त शिशु कोरोना भाइरसबाट मृत्यु हुने विश्वकै सबैभन्दा कम उमेरका शिशु हुन् । यसअघि कोरोनाबाट सिकागोमा एक ९ महिनाको बालकको ज्यान गएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया