कोरोना संक्रमित बिरामीको उपचार गर्दा गर्दै डाक्टरको मृत्यु

काठमाडौं । अमेरिकामा एक चिकित्सकको बिरामीको उपचारके क्रममा कोरोना भाइरसले संक्रमण गर्दा ज्यान गएको छ । दुई क्यान्सरलाई जितेका न्यू जर्सी राज्यको इस्ट अरेन्ज जनरल हस्पिटलमा कार्यरत डा. फ्र्याङ्क गाब्रिनको कोरोना भाइरसको संक्रमणका कारण मंगबार निधन भएको बीबीसीले जनाएको छ ।

डा. गाब्रिनका श्रीमान आर्नल्ड भर्गासका अनुसार कोरोना भाइरसको संक्रमण देखिएपछि घरमै बसेका गाब्रिनमा दुई पटक क्यान्सरलाई जितेका कारण कोरोना भाइरसलाई पनि जित्ने आँट थियो । तर मंगलबार उनको अवस्था गम्भीर बनेको हो ।

न्यूयोर्क सहरमा बस्दै आएका डा. गाब्रिनले ९ महिनाअघि मात्रै त्यहाँको इस्ट अरेन्ज हस्पिटलको आकस्मिक कक्षमा काम शुरु गरेका थिए ।

श्रीमान आर्नल्ड भर्गासले सहयोगका लागि न्यूयोर्कको पब्लिक हेल्थ डिपार्टमेन्टमा फोन गरेपनि सहयोगी आउन ३० मिनेट लागेकोले गाब्रिनलाई बचाउन नसकिएको बताए । डा। गाब्रिनले आफ्नो काखमै अन्तिम सास फेरेको उनले बताएका छन् ।

डा. गाब्रिनलाई बिरामीको उपचारका क्रममा कोरोना भाइरसको संक्रमण भएको हो । उनले एउटै एन ९५ मास्क बारम्बार प्रयोग गर्न बाध्य भएको र सोही कारण उनमा संक्रमण भएको हुन सक्ने भर्गासको भनाइ छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?