ईरानको चेतावनीविरुद्ध खनिए अमेरिकी राष्ट्रपति, ईरानलाई दिए यस्तो धम्की

काठमाडौं । कोरोना भाइरसबाट अमेरिका र ईरान दुबै देश अत्याधिक प्रभावित बनेका छन् ।

यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई एक धम्की दिएका छन् ।

कोरोनाको महामारी भएको अवस्थामा राष्ट्रपति ट्रम्पले ईरानलाई आफ्ना सैनिकहरुमाथि कुनै पनि हमला भएको खण्डमा ईरानले ठूलो क्षति व्यहोनु पर्ने धम्की दिएका छन् । हालै मात्र अमेरिकी सैन्य अड्डामा रकेट हमला भएको थियो ।

लगातार आफ्ना सैन्य अड्डाहरुमा भईरहेको हमलालाई मध्यनजर गर्दै राष्ट्रपति ट्रम्पले उक्त धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुदले बताएका छन् ।

सन् २०१५ मा परमाणु डिलबाट पछि हटेपछि राष्ट्रपति ट्रम्पले ईरानलाई बिभिन्न कुराहरुमा प्रतिबन्ध लगाइदिएका थिए । त्यसपछि दुबै देशहरुले एक-अर्कालाई आरोप र प्रत्यारोप लगाउँदै आईरहेका छन् ।

त्यसपछि उक्त तनाव यतिसम्म बढ्यो कि,ईराकमा ईरानी कमान्डर कासिम सुलेमानीमाथि हवाई हमला भएको थियो । र हमलामा परेर सुलेमानीको मृत्यु भएको थियो ।

ट्रम्पले उक्त हमलाको जिम्मेवारी समेत लिएका थिए । त्यसपछि झनै अमेरिका र ईरानबीचको तनाव बढेको थियो ।

डोनाल्ड ट्रम्पले बुधवार राती एक ट्वीट गर्दै लेखेका थिए,’एउटा यस्तो सूचना मैले पाएको छु, जसमा इराकमा रहेका अमेरिकी सैनिकहरु र सम्पत्तीहरुमा हमला गर्ने योजना ईरानले बनाईरहेको छ । उनले लेखेका छन्, यदि यस्तो भयो भने ईरानले धेरै नोक्सान व्यहोनुपर्नेछ ।’

उनका अनुसार ईरानले इराकमा रहेका अमेरिकी सैन्य अड्डामा हमला गर्ने योजना बनाउँदै छ ।

ईरानी कमान्डर कासिम सुलेमानीको अमेरिकी एयर स्ट्राइकमा मृत्यु भएपछि ईराकमा रहेको अमेरिकी दूतावासको नजिक एक रकेट हमला भएको थियो । उक्त रकेट हमला अमेरिकी दूतावासलाई नै निशाना बनाएको भन्दै अमेरिका रुष्ट बन्दै आएको छ ।

बुधवार मात्रै ईरानको इस्लामिक ‘रिभोलुसन गार्डस् क्रप्स’ले एक विज्ञप्ति जारी गर्दै आफ्ना विरोधीहरुलाई एक चेतावनी दिएको थियो ।

ईरानले चेतावनीमा भनेको थियो, ‘कुनै पनि देशका कुनै भूभागमा इरानविरुद्ध आपराधिक सोचका शत्रुले गर्ने गल्ती उनीहरुको अन्तिम गल्ती हुनेछ,’ विज्ञप्तीमा उल्लेख छ, ‘इस्लामिक रिभोलुसन फ्रन्टको निर्णायक र विध्वंशकारी प्रतिक्रिया अनपेक्षित हुनेछ र उनीहरुले पछुतो गर्ने अवसर पनि पाउनेछैनन् ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?