चीनले यसरी जितेको थियो कोरोनाविरुद्धको युद्ध, ७ लाख बचाउन सफल भएको शोधकर्ताको दाबी

काठमाडौं । चीनको वुहान शहरबाट सारा विश्वभरि नै महामारीको रुप लिँदै फैलिएको कोरोना भाइरस अहिलेसम्म २०३ देशमा फैलिइसकेको छ । यसैबीच चीनका शोधकर्ताहरुले दाबी सहितको एक रिपोर्ट निकालेका छन् ।

भाइरसको महामारीका ५० दिनसम्ममा चीनले उठाएका र अपनाएका अहम निर्णय तथा कदमहरुका कारण देशमा ७ लाख भन्दा धेरै मानिसहरुलाई संक्रमित बन्न बाट बँचाएको शोधकर्ताहरुको दाबी रहेको छ ।

शोधकर्ताहरुले चीनद्वारा भाइरसलाई नियन्त्रित गर्नका लागि अपनाइएका उपायहरुकै कारण भाइरस वुहानबाट अन्य शहरहरुमा फैलिन धेरै समय लागेको र देश पूरा लकडाउन गरेकै कारणले ७ लाख भन्दा धेरै मानिसहरुलाई भाइरसको शिकार हुनबाट रोकेको शोकर्ताहरुको दाबी रहेको छ ।

साइन्स जर्नलमा प्रकाशित अध्ययन, ‘ति देशहरुको लागि अत्याधिक उपयोगी र महत्वपूर्ण साबित हुन सक्छ, जहाँ भर्खरै कोरोनाको महामारी शुरुवाती चरणमा रहेको छ।’

ब्रिटेनमा अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता क्रिस्टोफर डाईले भने, ‘महामारीको ५० दिन (१९ फेब्रुअरी) सम्म चीनमा पुष्टि भएका मामिलाको संख्या लगभग ३० हजार थियो । हामीले एक विश्लेषणबाट पत्ता लगायौँ कि, वुहानबाट भाइरस अन्य ठाउँमा फैलिन नदिनको लागि पूरा देश नै लकडाउन गरियो, तर हामीले शोधबाट यो पनि पत्ता लगायौँ कि, यदि चीनले राष्ट्रिय आपत्काल घोषणा गरेर पूरा देश लकडाउन नगरेको भए चीनमा त्यहि तारिक सम्ममा संक्रमितको संख्या ७ लाख भन्दा धेरै हुने थियो ।’

संक्रामक तथा अति संवेदनशील मानिसहरुको कोरोना संक्रमणलाई रौक्दै चीनले उक्त उपाय अपनायो र कोरोनाविरुद्धको महायुद्धमाथि सफलतापूर्वक जित निकालेको उनले बताए ।

४३ लाख मानिसहरुमा गरेका थिए शोधकर्ताहरुले परिक्षण

शोधकर्ताहरुले दाबी गरेका छन् कि,४३ लाख मानिसहरुमा गरेको अनुसन्धानबाट निस्कर्ष निकाल्न कोविड १९ को प्रसार र निउन्त्रणको परिक्षण गर्नका लागि केस रिपोर्ट, मानिसहरुको आवतजावत डेटा र सार्वजनिक स्वास्थ्य हस्तक्षेको साथसाथै एक अनौठो संयोजनको उपयोग गरेका थिए ।

उनीहरुले यात्रा प्रतिबन्ध भन्दा पहिला वुहानबाट ४३ लाख मानिसहरुमा अनुसन्धान गरेका थिए ।

त्यसबाहेक चीनका शहरहरुमा लागू गरिएका नियन्त्रणका उपायहरुका प्रकार एवम समय र प्रत्येक शहरमा भाइरसका मामिलाको संख्यामा प्रतिदिन नजर राखिएको थियो ।

चीनमा २३ जनवरी सन् २०२० मा यात्रामा प्रतिबन्ध गरिएको थियो । त्यसपछि मात्र कोरोनाको संक्रमण चीनमा बिस्तारै कम हुँदै गएको थियो ।

चीनले संक्रमण फैलिनबाट रोक्न उठाएको लकडाउनका कारण वुहानबाट अन्य शहरमा संक्रमण फैलिन कम हुँदै गयो र फैलिन पनि समय धेरै लाग्यो । जसकारण समय हुँदै भाइरससँग लड्न स्वास्थ्यकर्मीहरुलाई पनि सहजता भयो ।

बेइजिङ नर्मल युनिभर्सिटीका महामारी विज्ञानका एसोसिएट प्रोफेसर हुआयु तियानले भने, ‘यसरी नै हामीले १३० भन्दा धेरै शहरहरुमा कोरोना फैलिनबाट रोक्नका लागि अतिरिक्त समय पायौँ, चीनका शहरहरुमा सार्वजनिक समारोहमा प्रतिबन्ध लगाइएको थियो, मनोरञ्जन स्थल बन्द गरिएको थियो भने देश लकडाउन गरिएको थियो र यात्राहरुमा प्रतिबन्ध गरिएको थियो ।’

उनीहरुले यसै उपायलाई पालना गरेर नै संक्रमण फैलनबाट रोक्न सफल भएका थिए ।

संसारभरमा ४७ हजार भन्दा धेरैको मृत्यु

अहिलेसम्म विश्वका २०३ देशहरुमा कोरोना भइरस फैलिइसकेको छ । महामारी भाइरसका कारण आजसम्म विश्वमा ४७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ भने, ९ लाख ३६हजार १ सय ७० जनामा भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै भाइरसको चपेटामा परेका १ लाख ९४ हजार ५ सय ७८ जना उपचार पछि घर फर्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित देश इटालीमा अहिलेसम्म १३ हजार १ सय ५५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ रहेको छ ।

त्यस्तै दोश्रो अत्याधिक प्रभावित देश स्पेनमा अहिलेसम्म ९ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ भने भाइरसको संक्रमण अहिलेसम्म १ लाख ४ हजार १ सय १८ जामा देखिएको छ ।

त्यस्तै अत्याधिक प्रभावित देशको तेश्रो नम्बरमा रहेको देश अमेरिकामा अहिलेसम्म २ लाख १५ हजार ३ सय जना संक्रमित रहेका छन् भने ५ हजार १ सय १० जनाको भाइरसको महामारीबाट मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?