कोरोना : अमेरिकामा एकैदिन ९ सयको मृत्यु, संक्रमित संख्या २ लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या २ लाख नाघेको छ । अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय १० पुगेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमतिको संख्या २ लाख १५ हजा ३०० जना रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा करिब २७ हजार थप संक्रमितको पुष्टि भएको हो । थप ९ सय जनाले ज्यान गुमाएका हुन् । अमेरिकापछि इटाली र स्पेनमा पनि संक्रमितको सख्या लाख भन्दा बढी भएको छ । इटालीमा १ लाख १० हजार ५७४ भन्दा बढी र स्पेनमा १ लाख ४ हजार भन्दा बढी स्रक्रमितको पुष्टि भएको छ । हाल विश्वभर ९ लाख ३६ हजार १ सय ७० जना संक्रमित देखिएका छन् भने भाइरसका कारण ४७ हजार २ सय ४९ को मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?