मुख्यमन्त्रीदेखि पीएसओसम्मले एन९५ मास्क लगाउँदा स्वास्थकर्मी आक्रोशित

कोभिड १९ कोरोना भाइरसको महामारीबीच फ्रन्टलाइनमा सेवा प्रदान गरिरहेका प्रदेश २ अधिकांश स्वास्थ्यकर्मीहरु कपडाको जाबि (सामान्य मास्क) लगाएर बिरामी चेकजाँच गर्न बाध्य छन्। तर, जोखिमबाट निकै टाढा रहेका मुख्यमन्त्री र मन्त्रीहरु भने एन ९५ मास्क लगाएरै मन्त्रालय जाने गर्छन्।

मुख्यमन्त्री लालबाबु राउत आफैं मात्र नभई उनका सुरक्षा गार्ड र पीएसओ पनि चिकित्सकहरुले लगाउने एन ९५ मास्क नै प्रयोग गर्छन्। मुख्यमन्त्री राउतका अधिकांश मन्त्रीहरुले पनि यही मास्क प्रयोग गर्छन्।

भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवलकिशोर साह, वन तथा पर्यटन मन्त्री रामनरेश राय र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव पनि एन(९५ मास्कको प्रयोग गरिरहेका छन्। मन्त्रालयका अन्य कर्मचारीहरुसँग पनि यो मास्क उपलब्ध छ।

कोरोना संक्रमणको मुख्य जोखिम मोलेर स्वास्थ्य संस्थामा बिरामीको सम्पर्कमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक सुरक्षा सामग्री एन ९५ मास्कको उपलब्धता प्रदेशमा निकै कम छ। यस्तोमा मुख्यमन्त्री र मन्त्रीहरुले अनावश्यक रुपमा यो मास्क लगाउँदा चिकित्सकहरुले आपत्ति जनाएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?